२०८१ बैशाख १५ , शनिवार

नयाँ वर्षदेखि मौलाकालिका केवलकार सञ्चालनमा आउने

सुनाखरी न्युज/ काठमाडौं । गैंडाकोट नगरपालिका वडा नम्बर १ स्थित मौलाकालिका मन्दिरमा निर्माण भैरहेको केवुलकार नयाँ वर्षबाट सञ्चालन हुने भएको छ ।

 

‘गैंडाकोटको धारापानीमा चढ्ने स्टेसन र डाँडामा रहेको पुरानो हेलिप्याड भएको स्थानमा पनि ओर्लने स्टेसन निर्माण भैसकेको छ’ साउदले भने ‘तार तान्ने काम सम्पन्न भैसकेको छ, तारमा डब्बा जोड्ने काम आउँदो १० दिनभित्र सकिने छ ।’ हरेक नयाँ वर्षमा एकै दिन मौलाकाली मन्दिरमा हजाराैं तिर्थालुहरु पुग्ने गरेका छन् । नयाँ वर्षका तिर्थालुलाई केवलकारमा यात्रा गराउनेगरी काम भइरहेको उनले सुनाए ।

 

आईएमई समूहको डेढ अर्ब लगानी रहेको केवलकार १२ सय मिटर लामो छ । यो केवलकारमा ६ वटा टावर रहने छ । ती टावरमा यात्रु चढने १४ वटा गोण्डोला रहने छ । त्यसमा १२ वटा डब्बामा यात्रु ओसार्ने , एउटामा सामान ओसार्ने र अर्को सर्भिसिङ प्रयोगमा आउने डब्बा हुने छ । केवलकार पूर्ण क्षमतामा सञ्चालन हुदा दैनिक ६ हजार यात्रु आउजाउ गर्न सक्छन् ।