२०८१ बैशाख १३ , बिहिवार

विश्वासको मत दिएर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

Nepali Congress

सुनाखरी न्युज/ काठमाडौं । कांग्रेस कार्यसम्पादन समितिको बैठकले सोमबार सरकारलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

पुस २६ मा विश्वसासको मत दिएर प्रतिपक्षमा बसेको कांग्रेस राष्ट्रपति चुनावबाट नयाँ गठबन्धन बनेपछि अब नयाँ परिस्थितिमा सरकारमा सहभागी हुन लागेको हो । एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सोमबार पुष्पकमल दाहालले विश्वासको मत लिन लाग्दैछन् ।

कांग्रेस आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाटै सत्तापक्षको बेन्चमा बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयको संख्याबारे पनि सोमबारबाट ठोस छलफल हुने उनले बताए ।