२०८१ बैशाख ११ , मंगलबार

हरिवंश आचार्यको ‘काउली’ सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । हास्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। लोक लयमा आधारित ‘काउली’ बोलको उक्त गीतमा लोक गायिका शान्तिश्री परियारले उनलाई साथ दिएकी छन्।

 

गीतको भिडिओमा समेत आचार्य स्वयंले अभिनय गरेका छन्। भिडिओमा उनीसँगै पहिलोपल्ट प्रकाश सपुत र प्रियंका कार्कीले एकसाथ जोडी बाँधेका छन्। गीतको भिडिओमा चेलबेटी बेचबिखनको सन्देश दिन खोजिएको छ। गीतको भिडिओ निर्देशन सरोज ओलीले गरेका छन्।

 

गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने बनेको बताउँछन् आचार्य।‘बिहे ब्रतबन्धतिर उफ्रिउफ्रि नाच्न मिल्ने गीत बनेको छ, रमाइलो लाग्यो भने दर्शकहरू पनि उफ्रिउफ्रि नाच्न सक्नुहुनेछ,’ उनले भने। यो गीतको श्यामश्वेत रसाइलीले एरेन्ज र गम्भीर विष्टले भिडिओ कोरियोग्राफी गरेका हुन्।