२०८१ बैशाख १३ , बिहिवार

यी क्याम्पसमा आज हुन सकेन स्ववियु चुनाव

सुनाखरी न्युज/ काठमाडौं । उपत्यकाभित्रका ७ वटा आंगिक क्याम्पसहरूमा आज स्ववियु चुनाव नहुने भएको छ। मतदाता सम्बन्धीलगायत विभिन्न विवादका बीच क्याम्पसहरूमा स्ववियु चुनाव रोकिएका छन्।

 

काठमाडौंको त्रिचन्द्र क्याम्पस, अमृत साइन्स क्याम्पस (अस्कल) प्रदर्शनीमार्गस्थित रत्नराज्य र विश्वभाषा, नेपाल कमर्स क्याम्पस मीनभवन, कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र ललितपुरको पाटन क्याम्पसमा आज स्ववियु चुनाव नहुने त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले सेतोपाटीलाई जानकारी दिए। यी बाहेक त्रिविका आंगिक र सम्बन्धन प्राप्त अन्य क्याम्पसमा बिहान ८ बजेदेखि नै मतदान भइरहेको उनको भनाइ छ। केही क्याम्पसमा भने मतदान सुरू गर्न ढिलाइ भइरहेका छन्। २ आंगिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा भने यसअघि नै सर्वसम्मत रूपमा नेतृत्व चयन भएका थिए।

 

काठमाडौं उपत्यकाभित्र सत्ता गठबन्धनमा रहेका दलका भ्रातृ संगठनले भागबन्डा गरेर उम्मेदवारी दिएका थिए। अधिकारीका अनुसार कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसमा तत्काल स्ववियु चुनाव प्रक्रिया थाल्न उच्च अदालत पाटनले आदेश दिइसकेको छ।