२०८१ बैशाख १२ , बुधवार

स्ववियु निर्वाचन अन्तर्गत मतदान जारी, मतदान बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म

सुनाखरी न्युज/ काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि मतदान सुरू भएको छ । मतदान बिहान ८ बजेदेखि सुरू भएको हो । मतदान दिउँसो ४ बजेसम्म चल्ने छ ।

 

विद्यार्थीहरुबीच झडप हुनसक्ने त्रासले निर्वाचन हुने क्याम्पस आसपासका क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरेर मतदान सुरू गरिएको छ । त्रिवि अन्तर्गतका ६० वटा आंगिक र एक हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु पदाधिकारी चयनका लागि मतदान हुन लागेको हो ।

 

प्रत्येक दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन १५ वर्षपछि हुन लागेको हो । निर्वाचनमा मूख्य प्रतिस्पर्धा सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुको मोर्चा र नेकपा (एमाले) विद्यार्थी संगठन अनेरास्ववियुबीच हुने छ ।

https://www.facebook.com/SunakhariNews/videos/1249909132628713