२०८१ बैशाख ७ , शुक्रवार

आर्थिक सुधार सहित समुन्नत नेपाल निर्माण नै अबको एजेन्डा

किरण गिरी । नेपालमा तिनै तहको निर्वाचन सम्पन्न भएको छ । भर्खरै सम्पन्न भएको राष्ट्रपति र उपराष्ट्रपति को निर्वाचनले संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र थप सुदृढ र सफल कार्यान्वयन भएको छ ।

 

नेपालको राजनीति नेपाली जनता चाहना बमोजिम जनादेश को मर्म र भावना बमोजिम अगाडि बढेको छ । अब ढिलो नगरी कन आर्थिक क्षेत्रमा सुधार र परिवर्तन गर्दै जन चाहना अनुसार अगाडि बढ्नु सरकार र राजनीतिक दलहरू को प्रमुख दाइत्व र जिम्मेवारी हो ।
नेपाली कांग्रेसको परिकल्पना समुन्नत नेपाल अबको मार्गचित्र । नेपाली राजनीतिक इतिहासको सात दशक नियाल्दा लोकतान्त्रिक आन्दोलनको संबाहक हो नेपाली कांग्रेस । लोकतान्त्रिक समाजबाद र आर्थिक बिकासको अभियन्ता हो नेपाली कांग्रेस अनि सामाजिक रुपान्तरण उत्प्रेरक पनि हो नेपाली कांग्रेस । अब समुन्नत नेपालको स्पष्ट मार्गचित्र बोकेर अगाडि बढेको छ नेपाली कांग्रेस ।
नेपाल को सबभन्दा ठुलो पुंजी भनेको जनता जनार्दन नै हुन ।

 

हाम्रो भुबनोटले उर्जा , कृषि ,पर्यटन र सूचना प्राविधि जस्ता क्षेत्रमा व्यापक सम्भावना बोकेको छ । बिश्वकै आर्थिक गुरुताकर्षण एसिया तिर सर्नु भनेको निर्यात , प्रत्यक्ष बिदेशी लगानी , मध्यम बर्गिय पर्यटक र सहुलियत पुर्ण पुंजीको उपलब्धता बिकास प्रयत्नका लागी अनुकुल छन ।
यसरी बिकासको नतिजा उत्पादकत्वको वृद्धि , औपचारिक क्षेत्रको बिस्तार , सामाजिक गतिशीलता र सुशासन सुचकहरुमा मात्र होइन आम नेपाली जिबनस्तरमा नै झल्कनु पर्छ भन्ने नेपाली कांग्रेसको मान्यता रहेको छ । हामीले जनता घरदैलो जादा यहि संकल्प समेत गरेका छौ । समुन्नत नेपालको स्पष्ट मार्गचित्र बोकेर हामी आएका छौं । हामीले राजनीतिक क्षेत्रमा फड्को मार्‍यौं अब मुलुक र जनताको बिकास र समुन्नतिमा आक्रमक एजेन्डा लिएर युबाबर्ग लाई समेटेर अगाडि बढ्नु हाम्रो अहं र प्रमुख दायित्व हो ।
अबको समुन्नत नेपालको स्पष्ट मार्गचित्र :-

१.समुन्नतिका सैद्धान्तिक आधार ।
-लोकतन्त्र को सुदृढीकरण र सुशासन ।
-समावेशी आर्थिक सामर्थ्य ।
– समन्यायिक समाज र सांस्कृतिक सहस्तित्व ।
-जलबायु परिवर्तन ,बाताबरण र बिपद ब्यबस्थापन ।
-सार्बभौमिक समानता र अन्तर्राष्ट्रिय भुमिका ।

२. तत्कालीन आर्थिक एजेन्डा :-
-आयात कर्जा र मुद्रास्फ्रीतिको चाप ।
– सार्बजनिक आय र खर्च ।
– औद्योगिक पुर्बाधार , नेपाली उत्पादन र डिजिटलाइजेसन ।
– रोजगारीका लागी सीप ।
– स्वच्छ उर्जा को क्षेत्रीय खपत ।

३ तत्कालीन भौतिक पुर्बाधारका एजेन्डा :-
– यातायात ।
– उर्जा ।
– सिंचाइ ।
– खानेपानी ।
– सञ्चार ।

४ . बित्तीय क्षेत्रमा व्यापक सुधार र ब्यबस्थापन :-
मुलुक र जनताको बित्तीय सूचकांक अत्यन्तै निरासाजनक देखिएको बर्तमान अबस्था लाई व्यापक सुधार र परिबर्तन गर्नु हाम्रो दायित्व र जिम्मेवारी हो । आजको चुनौती पुर्ण बित्तीय अवस्था बाट मुलुक लाई अत्यन्तै आबश्यक देखिएको छ ।
नेपाली कांग्रेस यो सुधार र परिवर्तन गर्न सक्षम छ ।
बिस्वस्निय आर्थिक सुधारको जगमा बिदेशी तथा स्वदेशी लगानीको अभुतपुर्ब बाताबरण सृजना गर्दै अन्तर्राष्ट्रिय रूपमा उपलब्ध सहुलियतपुर्ण बित्तीय सायताहरुको अधिकतम परिचालन गर्ने र घाटा बजेट एबं सार्बजनिक ॠणको समेत इमानदारीता पुर्बक जिम्मेवार ढंगले परिचालन गरेर मात्रै समुन्नतिको न्युनतम आधार तयार हुन्छ भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा र दृष्टिकोण रहेको छ ।
नेपाली कांग्रेसको यही धारणा र दृष्टिकोण लाई सफल रूपमा कार्यान्वयन गर्नु र गराउन प्रतिबद्ध रहनु नेपाली कांग्रेसका हामी सबै नेता र कार्यकर्ता दायित्व जिम्मेवारी समेत हो ।

संघीयता , गणतन्त्र र धर्मनिरिपेक्षताको पक्षमा जनमत :-
आम निर्वाचनको जनादेश केलाउदा ९४.४३ % नेपाली जनता ले नेपालको संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र को पक्षमा मतदान गरेका छन । संबिधान र गणतन्त्र थप सुदृढ र सबल भएको तथ्य जनादेश ले पुनः प्रमाणित गरेको छ ।समानुपातिकको अन्तिम मत गणना अनुसार रास्ट्रीय मान्यता प्राप्त -७ राजनीतिक दलहरुले पाएको गरेको मत अनुसार

यस्तो छ मुलुकको राजनीतिक अंक गणितको जनमत :-
१. नेकपा एमाले: २८,४५,६४१ (२६.९४%)
२.नेपाली कांग्रेस: २७,१५,२२५ (२५.७१%)
३.एमाओवादी:- ११,७५,६८४ (११.१%)
४.रास्वपा:११,३०,३४४ (१०.७%)
५.राप्रपा: ५,८८,८४९ (५.५७%)
६.जसपा:४,२१,३१३ (३.९८%)
७.जनमत: ३,९४,६५५ (३.७३%)
२०७४ सालको निर्वाचनमा काङ्रेस भन्दा
एमालेको मत ४५,१०५ वढी रहेकोमा अहिले
२०७९ आम निर्वाचनमा १,३०,४१६ मत बढी देखिन्छ ।
मात्रै १८४११ मतकाे कमिले नेकपा एस राष्ट्रिय पार्टी बन्न सकेन
प्रतिनिधि सभा को गणितीय तस्वीर यस्तो छ :-
प्रतिनिधिसभामा दलीय प्रतिनिधित्व (प्रत्यक्ष र समानुपातिक सिटसहित) यस्तो रहेको छ :-

राष्ट्रिय पार्टी हरु :-
१. नेपाली कांग्रेस–५७+३२=८९
२. नेकपा एमाले–४४+३४=७८
३. नेकपा माओवादी केन्द्र–१८+१४=३२
४ .राष्ट्रिय स्वतन्त्र पार्टी–७+१३=२०
५. राष्ट्रिय प्रजातन्त्र पार्टी–७+७=१४
६. जनता समाजवादी पार्टी, नेपाल–७+५=१२
७. जनमत पार्टी–१+५=६

राष्ट्रिय पार्टी हुन नसकेका दलहरु हरु :-
८ .नेकपा एकीकृत समाजवादी =१०
९. लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल =४
१०. नागरिक उन्मुक्ति पार्टी= ३
११. राष्ट्रिय जनमोर्चा=१
१२. नेपाल मजदुर किसान पार्टी =१
स्वतन्त्र सांसद – ५ समेत
जम्मा–२७५ को प्रतिनिधि सभा जनता को सार्बभौमसत्ता सम्पन्न संघीय संसद हामी संग छ ।
नेपाली कांग्रेस संसदमा पहिलो ठुलो दल , दोस्रो एमाले ।
नेपाली जनताको अनुमोदन प्राप्त बिश्वास र भरोसा योग्य पार्टी नेपाली कांग्रेस संसदको सबभन्दा ठुलो दल बनेकोमा पार्टी नेतृत्व , नेतृत्व तह , नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति र आम मतदाता लाई हार्दिक बधाई । नेकपा एमाले दोस्रो ठुलो दल माओवादी तेस्रो र रास्वपा र राप्रपा चौधौं र पाचौं राजनीतिक शक्ति भएका छन तापनि यो संसदीय अंकगणित ले कसैलाई पनि एक्लै अगाडि बढ्ने अनुमति दिएको छैन । यही संसदीय जगमा दलहरू बीच न्युनतम सहमति कायम गरेर राष्ट्रिय एकता र सहमतिको आधारमा अब आर्थिक सुधार परिवर्तनका एजेन्डाहरु लिएर अगाडि बढ्नु बर्तमान सरकारको प्रमुख दायित्व हो ।

लेखक – नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।