२०८० चैत्र १६ , शुक्रवार

मनमोहन कलेजका विद्यार्थीले जव यसरी आफ्नो खुशी साटे…

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौंमा कलेजहरु प्रठशस्तै छन् । ती धेरै कलेजहरुको हुलमा पर्ने एक चर्चित कलेजकोरुपमा मनमोहन मेमोरियल कलेज रहेको छ । उक्त कलेजले शनिवार वालाजु स्थित कलेज प्राङगणमा एउटा बिशेष कार्यक्रमको आयोजना गर्यो ।

कक्षा १२ र स्नातक चौथो बर्षका विद्यार्थीको विदाई तथा कक्षा ११ र स्नातक प्रथम बर्षका विद्यार्थीको स्वागतमा आयोजित उक्त बिशेष समारोहमा कलेजले विदाई तथा स्वागत कार्यक्रमको आयोजना गरेको हो ।

त्यस कार्यक्रममा विभिन्न तह र संकायका विद्यार्थीहरुले आ-आफ्नो साँगितिक तथा मनोरञ्जनातत्मक कला प्रदर्शन गरे । त्यसक्रममा कलेजमा अध्ययनरत कक्षा ११ देखि स्नातकोत्तर तह सम्मका विभिन्न विधा र संकायका विद्यार्थी तथा प्राध्यापकहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय परीक्षा वोर्डका अध्यक्ष डा. महाश्रम शर्माको प्रमूख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

 

 

कलेजका अध्यक्ष रामकृष्ण ढकालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा परीक्षा वोर्डका सहसचिव जंगवहादुर अर्याल, महानगरिक प्रहरी परिसर वालाजु वृत्तका प्रमूख, कलेजका संस्थापक डा. वावुराम अधिकारी, प्रिन्सिपल द्रोण वहादुर अधिकारी, एकेडेमिक डाइरेक्टर राम प्रसाद अर्याल लगायतको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा यसअघि कलेजमा सम्पन्न शैक्षिक तथा खेलकुद प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गरियो । कलेजले समय समयमा यस किसिमका बिशेष कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।