२०८० चैत्र १५ , बिहिवार

कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक, के के छन् एज्ण्डा ?

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बैठक आइतबार बिहान साढे १० बजे बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डको विश्वासको मतबारे छलफल गर्न कांग्रेसले आइतबार बैठक बोलाएको हो ।

 

कांग्रेसले आइतबार नै संसदीय दलको बैठक पनि बोलाएको छ । बैठक मध्याह्न १२ बजे बोलाइएको छ ।