२०८० चैत्र १५ , बिहिवार

शान्तिश्री र प्रकास पराजुलीको‘माया हो माया’बजारमा

सुनाखरी न्युज/ काठमाडौं । लोकसंगीतका पारखीहरूका लागि प्रदीप त्रिपाठी र शान्तिश्री परियारले नयाँ गीत ‘माया हो माया’ ल्याएका छन् ।

 

प्रकास पराजुलीको शब्द रहेको गीतमा गायक त्रिपाठीकै संगीत रहेको छ । गीतको एरेन्ज कृष्ण बिकले गरेका हुन् । दोअर्थि गीतसंगीतको बोलवाला भइरहेका बेला प्रदीप र शान्तिश्रीले कर्णप्रिय गीत ल्याएका छन् । गीतको भिडियो पनि बनेको छ । जसमा समीर न्यौपाने र अनु पराजुलीको अभिनय देख्न सकिन्छ । चकलेटी अनुहारका समीर र गारो अनुहारकी अनुका भिडियो रोमान्स सुहाउँदो छ ।

 

आशिरप्रताप जंगको निर्देशन भिडियोको कोरियोग्राफी गरमान शोहन कुमाल हुन् । भिडियोमा विपिन चौलागाइको छायांकन र अमृत चापागाईँको सम्पादन रहेको छ ।