२०८१ बैशाख १३ , बिहिवार

तेस्रो सातामा प्रवेश ‘छक्का पञ्जा ४’

सुनाखरी न्युज/ काठमाडौं । फागुनको १९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ४’ आजबाट प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ ।

 

पोलिटिकल र कमेडी ड्रामा चलचित्र आक्रामक कमाइका साथ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको हो । चलचित्रले राजधानीसहित मोफसलका हलमा समेत दोस्रो सातासम्म राम्रो कमाइ गरेको छ । तेस्रो सातामा पनि चलचित्रले उल्लेख्य शोजका साथ प्रदर्शन भइरहेको छ । आगामी दिनमा पनि चलचित्रको कमाई राम्रो हुने विश्वास निर्माण टिमको छ । स्वदेशसँगै विदेशमा समेत चलचित्रले आक्रामक कमाई गरिरहेको देखिन्छ ।

 

चैतको तेस्रो सातासम्म अपेक्षित नेपाली चलचित्र रिलिजमा नभएकाले ‘छक्का पञ्जा ४’लाई फाइदा पुग्ने देखिन्छ । हेमराज बीसी निर्देशित चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, नीर शाह, केदार घिमिरे, अनुराग कुँवर, रमेश बुढाथोकी, बुद्धि तामाङ, राज आचार्य, बेदना राई, सुष्मा निरौला लगायतको अभिनय छ ।