२०८१ बैशाख १४ , शुक्रवार

उपराष्ट्रपति निर्वाचन मतदान सकियो

सुनाखरी न्युज/ काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मतदान समय सकिएको छ । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो ।

 

उपराष्ट्रपतिका लागि जम्मा ८२९ मत खसेको छ । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।