२०८१ बैशाख १२ , बुधवार

अर्पण थापाको फिल्म ‘जय हो’ भदौ ८ गते रिलिज हुने

सुनाखरी न्युज/ काठमाडौं । अर्पण थापा, केकी अधिकारी, सलोन बस्नेत स्टारर ‘जय हो’ प्रदर्शन भदौ ८ गते हुने भएको छ । निर्देशक समेत रहेका शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मलाई कमेडी, एक्सन र लभस्टोरी जानरामा निर्माण गरिने भएको छ ।

 

आइतबारदेखि छायांकन सुरु हुँदैछ । अधिकांश छायांकन मुस्ताङ र बाँकी पोखरामा गर्ने जानकारी निर्माता बस्नेतले दिए । टेक पौरखी राईको निर्देशन रहने फिल्ममा निशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी लगायतको समेत अभिनय हुनेछ । द्धन्द्व निर्देशनमा सम्राट बस्नेत, कोरियोग्राफीमा कविराज गहतराज र रामजी लमिछाने, सम्पादनमा बनिश शाह, मुख्य सहायक निर्देशकमा दिप्त प्रकाश अधिकारी, प्रोडक्सन म्यानेजरमा केबलमान सिङ बस्नेत र गणेश भण्डारी, निर्माण संयोजकमा सुभाष काफ्ले दुखी छन् ।

 

सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् ।