२०८० चैत्र १६ , शुक्रवार

प्रधानमन्त्री प्रचण्डले क्रिकेट खेलाडीलाई ३ लाख पुरस्कार दिने घोषणा

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय क्रिकेट टिमका सदस्य (खेलाडी)लाई जनही ३ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेका छन्। प्रधानमन्त्री प्रचण्डले शुक्रबार राष्ट्रिय क्रिकेट खेलाडीलाई पुरस्कारको घोषणा गरेका हुन्।

 

‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डले बधाइ ज्ञापन गर्नुहुँदै जनही रू ३ लाख राशीको पुरस्कार घोषणा गर्नुभएको छ,’ प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डलमा लेखिएको छ। बिहीबार संयुक्त अरब ईमिरेट्स (यूएई)लाई ९ रनले पराजित गर्दै नेपाल एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा प्रवेश गरेको छ।

 

बिहीबार नेपालले यूएईको प्रतिस्पर्धा गर्दा प्रधानमन्त्री प्रचण्ड खेलाडीलाई हौसला दिन तथा खेल हेर्न त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेका थिए।