२०८१ बैशाख १४ , शुक्रवार

प्रभु बैंक र सी.जी मोटर्स बीच विद्युतीय सवारी साधनमा लगानी गर्ने सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । प्रभु बैंक लिमिटेड र सी.जी मोटर्स प्रा.लि. बीचविद्युतीय सवारी साधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

 

बैंकका तर्फ बाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल रसी.जी मोटर्स प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक रसी.जी मोटर्स प्रा.लि. बिच सम्पन्न उक्त सम्झौता अनुसारसी.जी मोटर्स प्रा.लि.बाट ग्राहक महानुभावहरुलाई सी.जी मोटर्सले आयात गरेको नेटा भी मोडेल÷ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दाछिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

 

हाल बैंकको देशभर रहेको ३६५ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।