२०७९ चैत्र १५ , बुधवार

भूमेश्वर आधारभूत विद्यालय घार्मीको व्यवस्थापन समितिकाे अध्यक्षमा शिव प्रसाद पाैडेल चयन

Capture

शिशिर पाैडेल / पोखरा । पाेखरा महानगरपालिका वडा नं १९ घार्मी स्थित भूमेश्वर आधारभूत विध्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा शिव प्रसाद पाैडेल चयन हुनु भएकाे छ ।

 

विभिन्न सामाजिक संघ संस्थामा संलङ्गन रहँदै आउनु भएका समाजसेवी पाैडेललाई विध्यालयमा बसेकाे नव निर्वाचित सदस्यहरुकाे नेतृत्व चयन वैठकले सर्वसम्मत अध्यक्ष पदमा चयन गरेकाे हाे । नव गठित समितिमा, चुडामणी पाैडेल,ज्याेति पाैडेल, ज्याेति सुनार, गोविन्द अधिकारी, रामप्रसाद पाैडेल, शिक्षक प्रतिनिधि सर्मिला अाचार्य र विद्यालको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद पौडेल रहनुभएकाे छ। बैठकमा वडा प्रतिनिधि कल्पना सुनार सहित नव गठित समितिलाई विध्यालयका प्रधानाध्यापक दुर्गा पाैडेलले शुभकामना दिनुभयाे । नवनिर्वाचित अध्यक्ष शिवप्रसाद पौडेलले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा आफ्नो टिम सदैव लाग्ने बताउनुभयो।

यस अघि गत शुक्रवार विध्यालयमा भएकाे अभिभावककाे भेलाले नया समितिकाे लागि आवश्यक सदस्यहरु चयन गरेकाे थियाे । पाेखरा महानगर शिक्षा महाशाखाका अधिकृत जीवन रेग्मीकाे प्रमुख आतिथ्यता रहेकाे साे भेलामा पाेखरा १९ का वडाध्यक्ष्य पुष्पेन्द्र पाण्डे विशेष अतिथि रहनुभएकाे थियाे भने महेन्द्र माध्यमिक विध्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुष्ठ पाैडेलले सदस्य चयनमा सहजिकरण गर्नुभएकाे थियाे ।