२०८१ बैशाख ६ , बिहिवार

शिवम सिमेन्टको ‘शिवमसँग उपहार टन्न’ उपहार योजनाको मेगा लक्की-ड्र बाट जिते ६० जनाले सुन उपहार

सुनाखरी न्युज/ काठमाडौं । नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम सिमेन्टद्वारा “शिवमसँग उपहार टन्न” उपहार योजनाको मेगा लक्की ड्रअन्तर्गत भाग्यशाली (उपभोक्तातर्फ ३० जना तथा बिक्रेतातर्फ ३० जना) ६० जना विजेताहरुको नाम लक्कीड्रमार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। जसअन्तर्गत उपभोक्तातर्फ ४७ तोला तथा बिक्रेतातर्फ ४७ तोला सुन उपहार राखिएको थियो।

 

आज सम्पन्न मेगा लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार बापत २ भाग्यशाली विजेता बाग्मती–पोखरा क्षेत्रबाट कृष्ण मानन्धर र उपत्यका बाहिरबाट चन्चल चौधरीले ५–५ तोला सुन प्राप्त गरेका छन् भने दोस्रो पुरस्कारअन्तर्गत शिवराम, युवराज कार्की, चन्दन सिंह र सुरेश गरी ४ जनाले ३–३ तोला सुन जितेका छन्। त्यस्तै तेस्रो पुरस्कारअन्तर्गत विनोद आचार्य, नकुल पौडेल, शाह इन्जिनियरिङ कन्ट्रक्शन प्रालि हेल्थ एन्ड हाइजनिक प्रालि, अरुण यादव तथा मनोज यादव गरी ६ जनाले २–२ तोला सुन जित्न सफल भएका छन् भने चौथो ८ जनालाई १–१ तोला सुन तथा अन्य १० जनाले आधा–आधा तोला सुन जित्न सफल भएका छन्। यसअघि भएका मासिक लक्की–ड्रहरुबाट उपभोक्ता तर्फ ६० जना तथा बिक्रेतातर्फ ८० जना भाग्यशाली विजेताहरुको छनौट भइसकेको छन्। जसअन्तर्गत ४ जोडीले थाइल्याड भ्रमण, ८ जोडीले गोसाईकुण्ड हेली टुर, २० जोडिले माउन्टेन फ्लाइट, २८ जनाले आधा केजी चाँदी, ३२ जनाले हिराको औँठी, १६ जनाले सुनको सिक्री, १६ जनाले सुनको औँठी र १६ जनाले २ ग्राम सुनको सिक्का जितिसकेका छन्।

 

यसका साथै स्योर सट पुरस्कारमार्फत पनि २ लाख २५ हजारभन्दा बढि ग्राहकले सुन, चाँदी तथा नगद उपहारबाट लाभांवित भएका छन्। शिवम सिमेन्टले यही मंसिर १८ गतेदेखि “शिवमसँग उपहार टन्न” उपहार योजना सार्वजनिक गरेको थियो। जसअन्तर्गत प्रत्येक २० बोरा शिवम सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्रयाच कुपन प्राप्त गरी रु. २०० देखि रु. ५०० सम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५ ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो भने सोही कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखी मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाइएको थियो। यस योजनामा छोटो समयमै ग्राहकको उल्लेख्य संख्यामा सहभागिता रहेकोे थियो।