२०८१ बैशाख ६ , बिहिवार

स्थानीय पूर्वाधार विकासका लागि बेलायतले नेपाललाई रु. १४.४ अर्ब सहयोग गर्ने

सुनाखरी न्युज/ काठमाडौं । बेलायतले स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि नेपाललाई १४.४ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ।

 

अर्थ मन्त्रालय र नेपालस्थित बेलायती दूतावासीबीच आज उक्त रकम सहयोग गर्नेबारे सम्झौता भएको हो। सम्झौताअनुसार स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत र नेपालबीच सहकार्य हुनेछ। यो कार्यक्रम नेपाल सरकार र बेलायती दूतावासको संयुक्त सहकार्यमा ल्याइएको हो।

यो कार्यक्रमबाट १७ लाख नेपाल प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। यो कार्यक्रमले नेपालको स्थानीय पूर्वाधार विकासका लागि विश्वास गरिएको छ। बेलायतले यो कार्यक्रम सञ्चालन आउँदो ६ वर्षभित्रमा नेपालमा ३ खर्ब २० अर्ब रुपैयाँ उपलब्ध गराउने समझदारी भएको छ।