२०८१ बैशाख १४ , शुक्रवार

गुरुङलाई समाजसेवा पुरस्कार, उत्कृष्ट विद्यार्थीलाई सम्मान

शिशिर पौडेल / पोखरा । पोखराका समाजसेवी तेजबहादुर गुरुङलाई स्वर्गीय नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार प्रदान गरिएको छ। पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरमा रहेको हिमालय क्लवद्वारा संचालित पन्ध्र हजार राशीको सो पुरस्कार बाटुलेचौरमा आयोजित एक कार्यक्रमका बिच पुर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले गुरुङलाई नगद पन्ध्र हजार, सम्मान पत्र र सल प्रदान गरेर सम्मान गर्नुभयो।

 

त्यस्तै स्वर्गीय पवित्र प्रेमनारायण स्मृति शैक्षिक पुरस्कार विन्ध्यवासिनी मा विवाट कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने रस्मिता गौतम र युवराज रेग्मीलाइ नगद पाँच हजार रुपैयाँ प्रदान गरिएको छ। सोही अवसरमा पोखरा १६ का २ जना एकल महिला वाटुली सुनार, र शान्ति परियारलाई जनही २ हजार रुपैयाँ प्रदान गरिएको छ। कार्यक्रममा लामाचौरमा रहेको नव आर्दश सामुदायिक विकास समाजका नवनिर्वाचित अध्यक्ष स्वागतमान सिंह भण्डारी सहितको पदाधिकारी तथा सदस्यहरुलाई सम्मान सहित स्वागत गरिएको क्लवका पूर्व अध्यक्ष मोहन थापाले जानकारी दिनुभयो।

 

कार्यक्रममा बोल्दै पुर्व प्रदेश प्रमुख प्यासीले विना स्वार्थ समाजसेवाको क्षेत्रमा लाग्ने व्यक्तिलाई राज्यले उचित कदर गर्नुपर्नेमा जोड दिनुभयो।क्लवका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, क्लवका मानार्थ सदस्य वेनी बहादुर बस्नेत, पुर्व अध्यक्ष मोहन थापा, नव आर्दश सामुदायिक विकास समाजका अध्यक्ष स्वागतमान सिंह भण्डारी, दीप युनाइटेड क्लबका अध्यक्ष खेमराज आचार्य, कोपिला आमा समुहका अध्यक्ष गीता थापा, सम्मानित व्यक्तित्व तेजबहादुर गुरुङ, विद्यार्थी रस्मिता गौतम लगायतले हिमालय क्लवले गरेका कार्यको प्रशंसा गरेका थिए। कार्यक्रम क्लवका सचिव शिवराज देवकोटाले संचालन गर्नुभएको थियो।