२०८१ बैशाख १२ , बुधवार

वर्षमा ६ दिन थप्यो कोशी सरकारले सार्वजनिक बिदा

सुनाखरी न्युज / काठमाडौं – बुधबारको मन्त्रिपरिषद बैठकले कोशी प्रदेश सरकारले ६ वटा अतिरिक्त बिदाका दिन तय गरेर राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ।

 

कोशी प्रदेश सरकारले साउन २४ गते विश्व आदिवासी जनजाति दिवस, भदौ २१ गते राधाकृष्ण रथयात्रामा प्रदेशभर बिदा दिने सरकारको निर्णय छ। यसैगरी असोज २ कोशीगते ऋषिपञ्चमीको दिन प्रदेशभरका महिलालाई मात्रै बिदा दिने निर्णय हुँदा कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको दिन पनि प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ। मंसिर ४ गते छठ पर्वको समापनको दिन पनि बिदा दिने सरकारले निर्णय गरेको प्रवक्ता तथा कृषि मन्त्री सिटौलाले जानकारी दिए।

 

केन्द्र सरकारले नदिएको कुनै एक दिन मुस्लिम धर्माबलम्बीलाई लक्षित गर्दै इद पर्वका अवसरमा प्रदेशभरका मुस्लिमहरुलाई पनि एक दिन बिदा दिने प्रदेश सरकारले निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले स्थानीय तहका कर्मचारीको सेवा शर्त व्यवस्थित गरी स्थानीय सरकारको काम काज प्रभावकारी बनाउने विधेयक प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय पनि गरेको छ। प्रदेश सभाबाट कोशी प्रदेशको नामाकरण गरिएसँगै कानूनहरुमा यसअघि रहँदै आएको प्रदेश १ भन्ने शब्दलाई संशोधनका लागि संशोधन विधेयक प्रदेशसभामा लैजाने र विपन्न वर्गलाई कडा रोगको लागि उपचार सहायता उपलब्ध गराउने सम्बन्धमा आर्थिक सहायता सम्बन्धी कार्यविधि २०७९ लाई पनि स्वीकृत गरेको छ ।