२०८१ बैशाख १३ , बिहिवार

‘अनर एक्स फाइभ नेपाली बजारमा, मूल्य कति ?

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्रान्ड अनरको नयाँ स्मार्टफोन अनर एक्स फाइभ मोडेलको स्मार्टफोन भित्रिएको छ ।

 

६.५ इन्चको टीएफटी एलसीडी डिस्प्ले रहेको फोन एन्ड्रोइड १२ (गो एडिसन) मा चल्छ । फोनमा २ जीबी र्‍याम र ३२ जीबी इन्टर्नल स्टोरेज दिइएको छ । मिडियाटेक हेलियो जी२५ प्रोसेसरबाट सञ्चालित फोनमा ८ मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।

 

त्यस्तै ५००० एमएएच क्षमताको ब्याट्री छ । नेपालमा यो फोनको मूल्य ११ हजार ९९० रुपैयाँमा ताेकिएकाे छ ।