२०८१ बैशाख १४ , शुक्रवार

यस्तो जीवनशैलीका कारण छिट्टै बुढ्यौली आउँछ

सुनाखरी न्युज / काठमाडौं – उनीहरू जंक फूडमा झुम्मिन्छन । यस्ता फास्टफूड शरीरका लागि पटक्कै लाभदायक हुँदैनन । यस्ता कुराको सेवनले छिट्टो बूढो भइन्छ । बूढो भएपछि दाँत र शरीर कमजोर हुन्छ, गाला भित्र घुस्छ अनि चाउरी पर्छ । आजकल युवाहरूमा पनि यी सब लक्षण देखिन्छन । यहाँ हामी केही यस्ता कारण बताउँदैछौं जसकारण समयअगावै बुढ्यौली आइलाग्छ । त्यसबाट बच्नुभयो भने जवान भइरहिन्छ ।

 

धेर पानी पिउँदा
धेर पानी पिउँदा स्वस्थ भइन्छ भन्ने मानिसहरू ठान्छन । तर धेर पानी पिउँदा मिर्गौलामा दबाब पर्छ र उनीहरूले धेर काम गर्नुपर्छ । पछि गएर उनीहरूको काम गर्ने क्षमता नै गुम्दै जान्छ ।

राति उठ्ने
आजकलका मानिस राति उठ्छन अनि दिउँसो सुत्छन । राति ढिलोसम्म मोबाइल खेलाएर बस्ने मान्छेहरू छिट्टो बिरामी हुन्छन् । प्रकृतिले नै हाम्रो शरीरलाई छिट्टो सुत्न र छिट्टो उठ्न लगाउँछ । प्रकृतिको नियमलाई उल्लंघन गर्दा छिटो बूढो भइन्छ । राति ढिलोसम्म सुत्ने मानिसको आँखामुनि कालो घेरा देखिन्छ । यसले गर्दा दिमाग पनि थाकेको जस्तो हुन्छ ।

 

मसलायुक्त खानेकुरा
धेर मसला हालेको खानेकुरा पचाउनका लागि शरीरले धेर मेहनत गर्नुपर्छ । धेरै मानिस खानेकुरालाई ठीक तरिकाले चबाउँदैनन् । त्यसले गर्दा उनीहरूको आन्द्रामा अतिरिक्त भार पर्छ । शरीरको ऊर्जा धेर खर्च भएर छिट्टै बुढ्यौली आउँछ ।

शारीरिक निष्क्रियता
आजकलका मानिस शारीरिक मेहनत कम गर्छन । पसिना बगाउनै चाहँदैनन उनीहरू । यसकारण शरीरका कोशिकाहरूमा अवाञ्छित परिवर्तन आउँछ ।