२०८१ बैशाख ६ , बिहिवार

‘तिमीलाई हेर्ने बानी पर्‍यो’म्युजिक भिडियोबाट पल शाहको कमब्याक

सुनाखरी न्युज/ काठमाडौं । अभिनेता पल शाह सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । पलले अब आफू म्युजिक भिडियोमार्फत अभिनयमा पुनरागमन गर्न लागेको घोषणा गरे ।

 

एक वर्षअघि नै युट्युबमा रिलिज भइसकेको ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ बोलको फिमेल भर्सनको गीतमार्फत आफू कमब्याक गर्न लागेको उनले बताए । चाँडै फिल्ममा समेत फर्किने तयारीमा रहेको उनले बताए ।

 

गत महिना तनहुँ कारागारबाट रिहा भएपछि पल घरमै आराम गरिरहेका छन् । निकट स्रोतका उनका अनुसार उनी केही फिल्मको तयारीमा समेत छन् ।