२०८१ बैशाख १३ , बिहिवार

कस्तो हुनुपर्छ हामिले खाने दैनिक आहारा ?

सुनाखरी न्युज/ काठमाडौं । दिनहु उठ्नेबित्तिकै एक गिलास मनतातो पानी पिउनुपर्दछ । ब्रेकफास्टमा क्यालोरीयुक्त खाना खानुपर्छ । जसले कार्बाेहाइड्रेट र प्रोटिनलाई सन्तुलनमा राख्न सघाउँछ।

 

खाजा वा खानामा प्रोटिन र कार्बाेहाइड्रेटको सन्तुलन मिलाउनुपर्छ। ओट्स, चिउरा, घरमै बनाएको रोटी, चिया पनि खान सकिन्छ। चियामा चिनी नराखी खादा राम्रो हुन्छ । दाल, गेडागुडी, दूध, अन्डा, माछा, मासु मात्रा मिलाएर खानुपर्छ। ओखर, काजु, पेस्ता, बदाम, किसमिसलगायत ड्राइफुड खानाले स्वास्थ्यलाई फाइदा गर्छ। ब्रेकफास्ट गरेको चार घन्टाभित्र लन्च लिनुपर्छ। लन्चमा दाल–भात–तरकारी हरियो सागपातमा मिलाएर खानु पर्दछ । मौसमी तरकारी गाँजर, काँक्रा, मुला, प्याज मिलाएर खाँदा राम्रो हुन्छ। खाजाको समयमा कार्बाेहाइड्रेट कम र प्रोटिन धेरै भएको खानेकुरा चना, भटमासजस्ता खानेकुरा खाँदा राम्रो हुन्छ।

 

बेलुका शारीरिक तथा मानसिक रूपमा आराम गर्ने समय भएकाले कम खाँदा राम्रो हुन्छ । सुत्ने समयमा शरीर धेरै सक्रिय नहुने भएकाले धेरै खाँदा पचाउन कठिन हुन्छ। सकेस्म प्रोटिन कम भएको खानेकुरा खानुपर्छ। कतिपयमा खाना खानेबित्तिकै सुत्ने बानी हुन्छ,यो राम्रो बानी होईन । खाना खाएपछि कम्तीमा चार घन्टापछि सुत्दा राम्रो हुन्छ । चार घन्टाभित्र खाना शरीरमा पचिसकेको हुन्छ। खाना खानेबित्तिकै सुत्नु राम्रो होइन।