२०८१ बैशाख १४ , शुक्रवार

बिपिडब्लु लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँट हुने

सुनाखरी न्युज/ काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ चैत ३ गते शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे आईपीओ बाँडफाँट गर्न लागिएको हो ।

 

कम्पनीले सर्वसाधारणका लागि फागुन १८ गतेदेखि २३ गतेसम्म आईपीओ विक्री गरेको थियो । सर्वसाधारणमा ८० हजार ९५० कित्ता शेयर विक्री गरिएको हो । यस आधारमा ९ हजार ९५ जना भाग्यमानी आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । सर्वसाधारणमा आईपीओ विक्री गर्नुअघि कम्नपीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीले सर्वसाधारणका छुट्याएको आईपीओमध्ये १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरी बाँडफाँट गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले माघ २२ गतेदेखि फागुन ८ गतेसम्म आईपीआ विक्री गरेको थियो । तोकिएको अवधिभित्र रीतपूर्वक आवेदन दिएका आवेदकलाई फागुन १७ गते आईपीओ बाँडफाँट गरिएको हो ।

 

कम्पनीले जारी पूँजी ३ करोड रुपैयाँको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर सर्वसाधारणका लागि विक्री गर्न अनुमति पाएको थियो । कुल कित्ता शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरेको कम्पनीले १ हजार ५०० कित्ता शेयर कर्मचारीहरू तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ८० हजार ९५० कित्ता आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो । कम्पनीको अधिकृत पूँजी १० करोड रूपैयाँ रहेको छ भने जारी पूँजी ३ करोड रूपैयाँ छ । हाल संस्थापकतर्फबाट कम्पनीमा चुक्ताभएको पूँजी २ करोड ३ लाख रूपैयाँ रहेको छ । सर्वसाधारणमा सम्पूर्ण कित्ता शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३ करोड रूपैयाँ कायम हुनेछ ।

 

कम्पनीमा सर्वसाधारणतर्फ सामूहिक लगानीकोष, वैदेशिक रोजगारीमा रहेका नेपाली र कर्मचारीसमेत ३२ दशमलव ३३ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । हाल संस्थापकतर्फ ६७ दशमलव ६७ प्रतिशत शेयर स्वामित्व कायम छ । आर्थिक वर्ष ०७७÷७८ सम्मको वास्तविक वित्तीय विवरणअनुसार कम्पनी ४९ लाख ६० हजार रूपैयाँ सञ्चित नोक्सानीमा रहेको छ । वास्तविक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी १ रूपैयाँ १६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ८६ रूपैयाँ ७८ पैसा छ ।