२०८० चैत्र १५ , बिहिवार

प्रधानमन्त्रीको आधिकारिक ट्विटर एकाउन्ट ह्याक

सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आधिकारिक ट्विटर एकाउन्ट ह्याक भएको छ । सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्रीको कार्यालयको ट्विटर खाता ह्याक भएकोमा चर्चा सुरू भएको छ । अहिले सो खाता पुनस्स्थापित गरिएकोजस्तो देखिन्छ तर डिजिटल करेन्सीसँग सम्बन्धित ट्विटहरू यथावत छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यालयको अधिकारिक ट्विटर खाता @PM_nepal_ बिहीवार बिहान ह्याकरले कब्जामा लिएर दुरूपयोग गरेका थिए । ह्याकरले खाताको नाम परिवर्तन गरेर Blur लेखेका थिए भने उक्त खाताबाट डिजिटल करेन्सीसँग सम्बन्धित केही ट्विटसमेत भएका थिए ।

 

प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले ट्विटर ह्यान्डल आफूहरूको नियन्त्रणमा आइसकेको र समस्या समाधान भएको जानकारी दिए ।