२०८१ बैशाख ७ , शुक्रवार

भृकुटीमण्डपमा एक महिने बृहत् जुत्ता चप्पल मेला

सुनाखरी न्युज/ काठमाडौं ।  भृकुटीमण्डपमा एक महिने बृहत जुत्ता चप्पल मेला जारी छ । फागुन २१ गतेबाट आरम्भ भएको मेला एक महिनासम्म चल्ने आयोजक कमिटीले जनाएको छ ।

 

नेपाली ब्राण्डका जुत्ता चप्पलहरू प्रयोग गर्ने प्रयोगकर्ताहरू गुणात्मक रूपमा वृद्धि हुँदै गएकोले उपभोक्ताहरूको चाहनालाई ध्यानमा राखी विभिन्न ब्राण्डका जुत्ता चप्पलहरूको मेला सञ्चालन गरिएको मेला आयोजक पक्षले जनाएको छ । ‘धेरै ब्राण्डका जुत्ता चप्पलहरू एउटै छानामुनि राखेर उपभोक्तालाई आफ्नो रोजाइअनुसार सहज रूपमा खरिद गर्न सक्ने अवस्थाको सिर्जना गरेका छौँ । प्रचलित बजार भाउभन्दा कम मूल्यमा उपभोक्ताले रोजेर कुनै पनि ब्राण्डका जुत्ता चप्पल खरिद गर्न सक्नेछन्,’ आयोजक पक्षले भनेको छ ।

 

मेलामा चर्चित ब्राण्डहरू रन सुज, भेनस सुज, शिखर सुज, बेम्बो सुज, वान वोल्ड सुज, हिमानी कलेक्सन, कोस सुज आदि रहेका छन । ‘नेपाली जुत्ता उद्योग आत्मनिर्भरतातर्फ उन्मुख हुँदै थियो तर पटक पटकको कोभिडको प्रकोप, इकोनोमिक क्राइसिस, बैंकको बढ्दो ब्याजदर आदिले गर्दा उत्पादनमै अप्ठ्यारो पर्दै गएको छ ।