२०८० चैत्र १५ , बिहिवार

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आज शुभारम्भ हुँदै, यी हलमा हेर्न सकिनेछ

सुनाखरी न्युज/ काठमाडौं । आजबाट छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) शुरु हुँदैछ । चैत्र २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने निफको प्रधानमन्त्री पुष्पकमल दाहालले आज शुभारम्भ गर्ने कार्यक्रम छ ।

 

महोत्सवको शुभारम्भ आज दिउँसो ३ बजे प्रधानमन्त्री दाहालबाट सिभिल मलमा हुनेछ । महोत्सवको समापन चाहिँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीबाट हुने आयोजकले बताएको छ । महोत्सवमा ५५ देशबाट आएका ५ सयभन्दा बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट भएको आयोजकले जनाएको छ । यी चलचित्रको प्रदर्शन काठमाडौंका चार वटा अत्याधुनिक सिनेमा हलहरूमा गरिँदैछ । सिभिल मल, छायाँ सेन्टर, पुलचोकको लविङ मल, भक्तपुरको राधेराधेको भाटभटेनीमा रहेको हलमा गएर यी चलचित्र हेर्न सकिनेछ ।

 

ओपनिङ फिल्मको रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी प्रदर्शन हुनेछ । उल्लेखित सिनेमा हलहरुमा खल्ती एपबाट टिकट बुकिङ गर्न सकिनेछ । यसपटक सात विधामा १४ वटा पुरस्कार वितरण गरिने बताइएको छ ।