२०८१ बैशाख १३ , बिहिवार

साँझ र बिहानको पैदल यात्राका लागि उत्कृष्ट गन्तव्य बन्दै रानीपोखरी

Ranipokhari32

आरती राई/ काठमाडौं ।
काठमाडौंका विभिन्न प्राकृतिक शौन्दर्यहरु मध्ये रानिपोखरी एक हो । महाभुकम्पका कारण बन्द रहेको यस रानीपोखरी काठमाडौं महानगरपालिकाका मेयर बलेन शाहले अख्तियार दिएपछि काठमाडौंको मुटुमा रहेको ऐतिहासिक पोखरी फागुन २७ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि बेलुका ७ बजेसम्म खुल्नेछ। प्रकृतिसँग आरामसँग समय बिताउन सक्ने स्फूर्तिदायी र शान्त वातावरणको खोजीमा रहेका मानिसहरूका लागि यो खुसीको खबर हो।

यो पोखरी १६७० ईस्वीमा नेपालमा ६०० वर्षभन्दा बढी समय शासन गर्ने मल्ल वंशका सबैभन्दा प्रतिष्ठित राजा प्रताप मल्लले निर्माण गरेका थिए। हात्तीले किचेर छोराको मृत्यु भएपछि शोकमा परेकी रानीलाई सान्त्वना दिन प्रताप मल्लले पोखरी निर्माण गरेका थिए ।
यो मन्दिर वर्षमा एक पटक भाइटीकामा मात्र खुल्ने गरेको थियोे तर अब बाट हरेक नागरिकले विशेष नियम पालना गरी भित्र पस्न सहजै रमाइलो गर्न सक्नेछन् ।

थुप्रै विद्यार्थी र सर्वसाधारणहरुको अनुभव र परिप्रेक्ष्यका अनुसार यो ठाउँ मानसिक र शारीरिक स्वास्थ्यलाई ताजा बनाउनको लागि उत्कृष्ट स्थान बन्न पुगेको छ । उनीहरुले महानगरको योगदानप्रति कृतज्ञता समेत व्यक्त गरेका थिए ।