२०८१ बैशाख १३ , बिहिवार

फेरियो राष्ट्रपति कार्यालयको वेबसाइटको तस्बिर

सुनाखरी न्युज/ काठमाडौं –  राष्ट्रपति कार्यालयको वेबसाइटमा प्रयोग गरिएको नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिरलाई फोटोसपबाट सम्पादन गरेर वेबसाइटमा राखिएपछि तीव्र आलोचना भएको थियो ।

 

तीन दिनअघि राखिएको तस्बिर आज फेरिएको हो । अहिलेको तस्बिरमा पौडेललाई वास्तविक रूपमा देख्न सकिन्छ । यसअघिको तस्बिरमा पौडेलको दुवै गालामा रहेका कोठी हटाइएको थियो भने चाउरी पनि मेटेर अनुहार चिल्लो पारिएको थियो । साथै पौडेललाई वास्तविकभन्दा धेरै गोरो देखाइएको थियो ।

 

राष्ट्रपतिको तस्बिर प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न सरकारी कार्यालयहरूमा समेत झुण्ड्याउने प्रचलन बसाइएको छ ।