२०८१ बैशाख ६ , बिहिवार

उपराष्ट्रपति निर्वाचनः यादवलाई मत दिने कांग्रेसको निर्णय

Nepali Congress

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेस आसन्न उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । उपराष्ट्रपति पदको निर्वाचनमा यही चैत ३ गते हुँदैछ ।

 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सत्तागठबन्धनका तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार जसपा नेपालका नेता यादवलाई मत दिने निर्णय गरेको हो । बैठकले गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित वरिष्ठ नेता रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिनाका साथै उहाँलाई मतदान गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ ।

 

यसैगरी बैठकले चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सिफारिस गर्न पत्राचार गर्ने निर्णय गरेको महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो ।