२०८० चैत्र १५ , बिहिवार

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

सुनाखरी न्युज / ललितपुर – ललितपुर महानगरपालिका(२५ भैसेपाटीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६१ हजार ९ सय ८० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।