२०८१ बैशाख १२ , बुधवार

रासायनिक मलकाे मूल्य वृद्धि विरोध प्रदर्शन

सुनाखरी न्युज/ काठमाडौं । सरकारले रासायनिक मलको मूल्य वृद्धि गरेको विरोधमा प्रदर्शन भएको छ ।

 

बुधबार राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले राजधानीको माइतीघर मण्डलामा मूल्य बृद्धि विरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले नेपाली जनताको जीवन यापनको मुख्य आधार कृषि नै भएको बताउँदै रासयनिक मलमा मूल्य बढाएर जनता मारा काम गरेको आरोप लगाएका छन् ।

 

उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ता लिन समेत माग गरे । सरकारले केही दिनअघि रासायनिक मलको मूल्य वृद्धि गरेको थियो ।