२०८१ बैशाख १२ , बुधवार

आई एम ट्वान्टी वान’मा जसिताको फस्टलुक

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कथानक चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ ले अभिनेत्री जसिता गुरुङको फस्टलुक सार्वजनिक गरेको छ। फिल्म निर्माण पक्षले यसअघि अभिनेता धीरज मगरको डान्सर र लाहुरे लुक्स सार्वजनिक गरेको थियो।

 

रेनशा राई रानाको निर्देशित फिल्ममा जसिताले डान्सरको भूमिका निर्वाह गरेकी छन्। प्रभुशमशेर जबरा र प्रज्ज्वलशमशेर जबराको निर्माणमा तयार भएको फिल्म वैशाख २१ गते रिलिज हुँदै छ। फिल्ममा धीरज र जसितासँगै अरुण क्षत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राईलगायतका कलाकारको अभिनय छ। फिल्ममा धीरज हिपहप डान्समा करिअर बनाउन लागिपर्ने डान्सरको भूमिकामा छन्।

 

पारिवारिक अवरोधलाई चिर्दै हिपहप नृत्यमा सफलता हासिल गर्न गरेको संघर्षलाई फिल्मले मुख्य कथावस्तु बनाएको छ। आइकोर फिल्म्सको ब्यानरमा निमार्ण भएको फिल्ममा कालीप्रसाद बाँस्कोटा र रोहित शाक्यको संगीत, सुशन प्रजापतिको छायांकन र द वाइल्ड रिपर्ज क्रुको कोरियोग्राफी छ। रेनशाले यसअघि ‘इन्टु मिन्टु लन्डनमा’ को निर्देशन गरेकी थिइन्।