२०८० चैत्र १६ , शुक्रवार

‘नाइँ नभन्नु ल ६’ को पहिलो गीत सार्वजनिक

सुनाखरी न्युज / गीतमा शरद शंकर र बेनिशा पौडेलको स्वर, शरद शंकरको संगीत, विकासराज आचार्यको शब्द छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नव–नायक आशीर्वाद क्षेत्री र नायिका आँचल शर्मा देखिएका छन् । गीतले आशीर्वाद सफल गायक र आँचल गायन क्षेत्रमा जम्न खोज्ने एक गायिकाको रुपमा चित्रण देखाएको छ ।

विकासराज आचार्यको निर्देशन रहेको फिल्ममा आर्सीवाद र आँचलको अलवा सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ ।

 

संजय न्यौपाने, रमेश चौधरी र पुरुषोत्तम प्रधान कार्यकारी निर्माता रहेको फिल्मका निर्माता विकासराज आचार्य र विष्णुमणि दाहाल हुन् । फिल्ममा विकासराज आचार्य, सामीप्य तिमिल्सिना, अभिमन्यु निरवीको कथा, हिमाल केसीको एक्सन, सन्देश शाहको सम्पादन, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी, भूपेन्द्र रायमाझी, बसन्त सापकोटा र शरद शंकरको संगीत छ ।