२०८१ बैशाख ८ , शनिवार

सुनको भाउ स्थिर

सुनाखरी न्युज/ काठमाडौं ।नेपाली बजारमा सुनको भाउमा लगातारको बढोत्तरीमा बुधबार ब्रेक लागेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४५ रुपैयाँले बढेर चाँदी १ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।