२०८१ बैशाख ६ , बिहिवार

टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२३ सफलता पुर्वक सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । नेपालको ४ वटा डिभिजनहरुको टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले आफ्नो वार्षिक सम्मेलन “साइटेसन २०२३” सफलता पुर्वक सम्पन्न गरेको छ । गतशनिबार फागुन २७ गते आयोजित उक्त सम्मेलनमा नेपालका कर्पोरेशन, व्यावसायिक संस्था र अन्य समुदायका ६० भन्दा बढी टोस्टमास्टर्स क्लब बाट करिब ४०० सदस्य सहभागि थिए ।

 

उत्कृष्ट सञ्चार–कौशल भएका टोस्टमास्टर क्लबबाहिरका व्यक्तिलाई प्रदानगरिने प्रतिष्ठित कम्युनिकेटरअवार्ड यो वर्ष अभिनेता राजेश हमाललाई प्रदानगरिएको छ। डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डिरेक्टर अंकुर यादव डिटिएम, डिस्ट्रिक्ट ४१ का प्रोग्राम क्वालिटी डिरेक्टर सुमन शाक्य डिटिएम, डिस्ट्रिक्ट ४१का क्लबग्रोथ डिरेक्टर मुनप्रधान डिटिएमले संयुक्त रुपमाअभिनेता राजेश हमाललाई उक्त अवार्ड प्रदान गर्नुभएको थियो भने डिस्ट्रिक्ट ४१ काइमिडिएट पास्ट डिस्ट्रिक्ट डिरेक्टर रञ्जित आचार्यले यस वर्षको अवार्ड विजेता घोषणा गर्नुभएको थियो।

उत्कृष्ट सञ्चार कौशल र अनुकरणीय योगदानकालागिअभिनेता राजेश हमाललाई यस वर्षको ‘कम्युनिकेटर अवार्ड’द्वारा सम्मानित गरिएको हो । राजेशहमाल नेपाली मेगा स्टार हुन् । उनको जन्मपाल्पाको तानसेनमाभएको थियो । उनले विद्यालय शिक्षा मस्कोबाट पुरा गरेका थिएभने भारतको पञ्जाब विश्वविद्यालयबाट अंग्रेजीमाएमए पुरा गरेका थिए। उनीनेपालीचलचित्रको इतिहासमा सबैभन्दा प्रभावशाली र लोकप्रिय अभिनेता हुन्। उनी नेपाली चलचित्र उद्योगका ‘महानायक’ को रुपमा चिनिन्छन् । नेपालको सर्वाधिक लोकप्रिय अभिनेता राजेश हमाल विश्वभर बसोबास गर्ने लाखौं नेपालीहरूको सबै भन्दा प्रिय अभिनेता पनि हुन् । वहाँले भन्नुभयो, “यो अवार्ड ग्रहण गर्न पाउँदा म गौरवान्वित भएको छु । मेरो काम र उपलब्धि लाई सम्मान गरेकोमा टोस्ट मास्टर्स प्रति आभार प्रकट गर्दछु । अवश्य पनि यो सम्मानले मलाई भविष्यमा अझै राम्रो गर्न हौसला प्रदान गरेको छ ।”

 

सम्मेलनमा ‘आइ एम इन्टेग्रिटी’ थिममा प्यानल छलफल पनि गरिएको थियो । प्यानलमा भूषण दाहाल, अनिलशाहर रेशु ढुंगाना थिएभने छलफलको सञ्चालन ए डिभिजनका निर्देशक दिप्ती आचार्यले गर्नुभएको थियो । छलफलमा सबै प्यानल सदस्यहरूले व्यक्तिगत र व्यावसायिक जीवनमा इमान्दारिता कायम राख्नुपर्ने कुरामा प्रकाश पारेका थिए। डिभिजन सीनिर्देशक रवीन्द्र प्रधानको संयोजकत्वमा भएको सम्मेलनमा टोस्टमास्टरका सदस्यहरूले आफ्नो गायन, नृत्य र हाँस्य-व्यंग्य प्रतिभा प्रदर्शन गरेका थिए। सम्मेलनलाई डिभिजन बि र डि का डाइरेक्टर जेनीमानन्धर र बृजेन्द्र रोचन जोशीले संयुक्त रुपमा समापन गर्नुभएको थियो ।
डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डिरेक्टर अंकुर यादव डीटीएमले भने, “साइटेसन २०२३ एउटा ऐतिहासिककार्यक्रमभएको छ । हामी सबैको लागि यो एउटा अत्यन्तै राम्रो सिक्ने अवसर थियो । दिल्लीदेखि म यहाँआएको छु र नेपालको सबै टोस्टमास्टर्सहरुलाई भेट्न पाएको छु । आशागर्दछु सबै टोस्टमास्टर्सहरुले एक–अर्कासँग राम्रोसँग चिनजान गर्नुभयो र राम्रो सञ्जालबनाउनुभयो । पक्कै पनि यस सम्मेलनले सबै टोस्टमास्टर्सहरुलाई एकतावद्ध हुन र एक अर्कालाई अगाडि बढाउन मद्धत गरेको छ ।”

 

साइटेसन सम्मेलन २०२३ का इभेन्ट चेयर अभिस आचार्यले भने,“ यो वर्षको कार्यक्रममाअहिलेसम्मकै सबैभन्दा धेरै टोस्टमास्टर्सहरु आउनुभएको थियो। एक–अर्कालाई चिन्ने र एक–अर्काबाट सिक्ने तथाआफुहरुलाई हिजो भन्दाआजझन सुधार्ने कुरामावहाँँहरुको सहयोग र लगनशीलताप्रशंसनीय छ । कार्यक्रममाउत्साहजनक रुपमा सहभागीभएर कार्यक्रमलाई सफलबनाइदिनुभएकोमा मसम्पूर्ण लिडरहरु प्रतिआभारी छु।” हाल नेपालकादुई वरिष्ठ टोस्टमास्टरहरू सुमन शाक्य डीटीएम र मुनप्रधान डीटीएमले क्रमशःप्रोग्राम क्वालिटी डिरेक्टर र क्लबग्रोथ डिरेक्टरको रूपमा ट्रायो मेम्बरको रूपमा डिस्ट्रिक्ट ४१मा सेवाप्रदानगरिरहनुभएको छ ।