२०८१ बैशाख १२ , बुधवार

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसले आजका लागि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

 

बैठकमा उपराष्ट्रपति निर्वाचन, चितवन र तनहुँमा हुने उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।