२०८१ बैशाख १४ , शुक्रवार

सानिमा मिडिल तमोरको आईपीओमा ४ गुणा बढी शेयर माग

सुनाखरी न्युज/ काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले फागुन २६ गतेदेखि निष्काशन गरेको शेयरमा आज अन्तिम दिनसम्ममा १४ लाख भन्दा बढीको आवेदन परेको छ ।

 

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५:०२ बजेसम्ममा १४ लाख १२ हजार १३ जना आवेदकबाट १ अर्ब ६२ करोड ४० लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ४० हजार ९४० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको ४२ लाख ४८ हजार ९३८ कित्ता शेयरको ३.८२ गुणा बढी हुन आउँछ । कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ ।

त्यस अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ४ लाख २४ हजार ८९३ जनाले मात्रै शेयर पाउनेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतीकर्तामा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।