२०८१ बैशाख ७ , शुक्रवार

व्यवसायीको आन्दोलन फिर्ता

सुनाखरी न्युज/ काठमाडौं । चर्को ब्याजदरकाविरुद्ध आन्दोलनरत व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि विरोधमा रहेका व्यवसायीले मंगलबार प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।

 

मंगलबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफलपछि व्यवसायीले आन्दोलन फिर्ता लिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभयो । अहिलेको समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र समाधानका लागि पहल गर्ने आश्वासन प्रधानमन्त्रीबाट आएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको श्रेष्ठले बताउनुभयो ।

 

बजारमा देखिएका समस्या र हामीले उठाएका मागबारे प्रधानमन्त्री आफैँ जानकार रहेको र ब्याजदर घटाउनका लागि सरकारले पहल गर्ने प्रधानमन्त्रीको आश्वासनपछि आफूहरुले सबै विरोधका कार्यक्रम फिर्ता लिएको उहाँले जानकारी दिनुभयो । चर्को ब्याजदरका कारण व्यवसाय गर्न कठिन भएको भन्दै व्यवसायीहरुले नेपाल राष्ट्र बैंक अगाडि प्रदर्शन गर्नुकासाथै धर्ना समेत दिएका थिए ।