२०८० चैत्र १५ , बिहिवार

टाटा मोटर्स शोरूममा आयोजित एक्सचेन्ज क्याम्पमा उत्साहजनक उपस्थिति

सुनाखरी न्युज/ काठमाडौं । गत हप्ता फाल्गुनको २६, २७ र २८ गते सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरु आयोजित “The Electrifying Exchange 2023” एक्सचेन्ज क्याम्पमा उत्साहजनक उपस्थिति देखियो ।

 

टाटा मोटर्सका ग्राहकहरु तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेल बाट चल्ने सवारी साधन लाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारी संग साट्न मिल्ने गरी एउटै शोरुम बाट व्यवस्था गरिएको थियो । काठमाडौँमा शुक्रबार, शनिबार र आइतबार गरेर लगातार ३ दिनमा झन्डै २०० गाडीहरुको मुल्यांकन गरियो।

 

उपस्थीत हुनुभएका ग्राहकहरु का अनुसार चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मुल्यांकन, सरल फाइनान्सको सुविधा, ईन्स्योरेन्सको सुविधा पनि भएका कारण क्याम्पमा सहभागी हुनुभएको थियो। एक्सचेन्ज सुविधा संगै विद्युतीय गाडी सम्बन्धित विस्तृत जानकारी दिंदै काठमाडौँ भित्रको विभिन्न बाटोमा टेस्ट ड्राइभ पनि गरियो।

 

यहि उत्साहलाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा सहभागी हुन नसक्नु भएका ग्राहकहरुका लागि यो हप्ता पनि निरन्तरता दिन अझै विशेष एक्सचेन्ज क्याम्प संचालन गर्ने तयारी भईरहेको र चाडै खबर गर्ने जानकारी प्राप्त भएको छ। उक्त विशेष एक्सचेन्ज क्याम्पमा सरल फाइनान्सको सुविधाका लागि बैंकहरुको सहभागिता, ईन्स्योरेन्सको सुविधाका लागि ग्राहक सेवा प्रतिनिधि, पनि उपस्थित हुनेछन् भने गाडीको विशेष मुल्यांकन गर्न दक्ष कर्मचारी का साथ् हरेक पाल्नु हुने ग्राहकलाई विभिन्न सेवा, सुविधा तथा उपहारको व्यवस्था गरिनेछन।