२०८१ बैशाख ७ , शुक्रवार

विवाह वर्षगाँठको अवसरमा जीवन बीमा पोलिसि उपहार

सुनाखरी न्युज/ काठमाडौं । विराटनगरका यसोधा पोखरेल भट्टराई र उज्ज्वल भट्टराईको १२ औं वैवाहिक बर्ष गाँठमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार दिइएको छ ।

 

वैवाहिक बर्ष गाँठको अवसर पारेर श्रीमान् उज्ज्वल भट्टराईले आफ्नी श्रीमती यसोधा पोखरेल भट्टराईलाई रु. ३० लाख बीमाङ्क रकमको सो जीवन बीमा योजना प्रदान गर्नुभएको हो ।

जीवन बीमा हस्तान्तरण कार्यक्रममा प्रभु लाइफका तर्फबाट प्रदेश प्रमुख पुष्कर भट्टराई, शाखा प्रमुख प्रशान्त पाण्डे लगायतको उपस्थिती रहेको थियो । श्रीमती यसोधा पोखरेल भट्टराई प्रभु लाइफको एजेन्सी म्यानेजर समेत रहनुभएको छ ।