२०८० चैत्र १५ , बिहिवार

सुनचाँदी व्यवसायी समिति सल्यानको ८ ‌औं साधारण सभा सम्पन्न

सुनाखरी न्युज/ सल्यान ।

सुनचाँदी व्यवसायी समिति सल्यानको ८ औं साधारण सभा सम्पन्न भएको छ। सभामा बिभिन्न छिमेकी जिल्लाका सुनचाँदी ब्यबसायी समितीका पदाधिकारी एबंम प्रतिनिधीहरुको उपस्तिथी भै सुनचाँदी ब्यसायमा आएका चुनौतीहरु र अवसरहरुको बारेमा अनुभवहरु साटासाट समेत भएको हो।
सभाको बिसिष्ठ अतिथी को रुपमा रहनु भएकी शारदा नगरपालिका कि उप–प्रमुख सुस्मिता साप्कोटा सुनारले सुनचाँदी ब्यबसायि लाई स्थानीय सरकारले गर्नु पर्ने सहयोग रहने बताउनु भएको थियो।

उक्त सभामा प्रमुख अतिथीको रुपमा रहनु भएका नेपाल सुन चाँदी ब्यबसायी महासंघका केन्द्रीय कोषाध्यक्ष सुदिप श्रेष्ठले सुनचाँदी ब्यबसाय अत्यन्त गम्भिर पेशा रहेकोले ब्यबसायीहरुले बिषेश ध्यान राख्नु पर्ने बारे बताउनु भयो । त्यस्तै सुनचाँदी बितरण प्रणालीमा सल्यानलाई कुनै पनि कस्टमा कन्जुसाई नगर्ने भनी बताउनु भयो।

 

सुनचाँदि ब्यबसायी समिती सल्यानका अध्यक्ष मेघराज सुनारको सभाध्यक्षमा संचालन भएको उक्त साधारण सभाको सहजिकरण सुनचाँदि ब्यबसायी समिती सल्यानका महासचिब अर्जुन कुमार शाहले गर्नु भएको थियो।