२०८० चैत्र १५ , बिहिवार

देवेन्द्र बब्लूको‘म त पर्खेको पर्ख्यै छु’करोड क्लबमा प्रबेश

सुनाखरी न्युज/ काठमाडौं । देवेन्द्र बब्लू यतिबेलाका चर्चित गायक हुन्। उनको ‘म त पर्खेको पर्ख्यै छु’ गतवर्ष युट्युव च्यानलमार्फत् सार्वजनिक भएको थियो।

 

लोकप्रिय बनेको उक्त गीतलाई युट्युवमा १ करोड पटक हेरिएको छ। गायक देवेन्द्रले युट्युवमा १ करोड भ्युज पुगेपछि ‘सेलिब्रेट’ गरेका छन्। उनको करोड क्लबमा प्रवेश गरेको यो पहिलो गीत हो।

 

उनले आफूले सेलिब्रेट गर्नुको कारण खुलाउँदै फेसबुकमा लेख्छन्, ‘‍…यो गीत १ करोड पुग्दै गर्दा यसपछिका सिर्जनाहरू मुस्किलले १० लाख पनि पुर्यामउन सकेको छैन। जानिनँ कि, बिराएँ कि, हतार गरेँ कि।’ उनले अबका दिनमा अझै राम्रा सिर्जना दिने बताएका छन्।