२०८१ बैशाख ६ , बिहिवार

शेयर बजारमा झिनो सुधार

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार झिनो अंकले बढेको छ । आज नेप्से १.८५ अंकले बढेर एक हजार ९ सय ५३ दशमलब ६ विन्दुमा पुगेको हो ।

 

त्यस्तै, आज नेप्सेमा एक अर्ब १३ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १२६ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३२५.९० रुपैयाँ पुगेको छ भने शुभम पावर कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४२६.५० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार एनआइसी एसिया ब्यालेन्स फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको आज १० करोड ३७ लाख भन्दा बढीको कारोबार भएको छ ।