२०८० चैत्र १५ , बिहिवार

गायिका चौहान अस्ट्रेलिया बस्ने युवकको प्रेममा

सुनाखरी न्युज/ काठमाडौं । अहिलेकी चर्चित गायिका एलिना चौहान यतिबेला अस्ट्रेलियामा छिन् ।

 

सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलिया गएकी ‘धोकेबाज हौ तिमी’ फ्रेम यी गायिकाले त्यहाँ रहेर ‘ब्याक टु ब्याक’ एक युवकसँग टिकटक भिडियो बनाएर पोष्ट गरेकी छिन् । जसका कारण यति बेला सांगीतिक बजारमा ति युवकसँग एलिना प्रेममा रहेको चर्चा चलेको छ । अस्ट्रेलियामा बस्दै आएका बागलुङका विष्णु सापकोटा हुन् । उनको टिकटक अकाउण्टमा पनि ‘ब्याक टु ब्याक’ एलिनासंगको भिडियो पोष्ट भएका छन् । विमानस्थलमा एलिनालाई स्वागत गर्दाको भिडियो पनि उनले पोष्ट गरेका छन् ।

 

एलिनाले उनीसँग र उनले राखेको एलिनासँगको टिकटक भिडियोमा थुप्रैले उनीहरूलाई ‘कपल’ भन्दै बधाईसमेत दिएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगति प्रतिष्ठानको अस्ट्रेलिया शाखाका अध्यक्षसमेत रहेका उनी कार्यक्रम आयोजक समेत हुन् । उनले केही गीतहरूमा स्वर समेत दिएका छन् । गीत लेख्ने समेत गर्दै आएका विष्णुले एलिनासँग ‘बाजा तालमा’बोलको गीतमा स्वर दिएका छन् । उनीहरू विगत केही महिनादेखि गुपचुप प्रेममा रहेको एलिना निकटस्थहरुको दाबी छ ।

 

केही महिनाअघि कार्यक्रमका लागि एलिना अस्ट्रेलिया जाँदा उनीहरूको भेट भएको र प्रेममा परेको बताइन्छ । टिकटकमा उनीहरूको भिडियोहरू हेर्दा यो जोडी प्रेम सम्बन्धलाई गुपचुप राखिरहने मुडमा नरहेको बुझिन्छ । एलिनाले खुलेरै प्रेमबारे नखुलाए पनि उनीहरूको सम्बन्धबारे दुवैको परिवारलाई जानकारी छ । र, दुवैको परिवारमा विहेबारे कुरा समेत चलिरहेको एलिना निकटस्थहरुको दाबी छ। विवाह गरेपछि पनि नेपालमै बसेर सांगीतिक क्षेत्रमा सक्रिय रहने एलिनाको योजना छ । पछिल्लो समय ‘धोकेबाज हौ तिमी’ गीत सर्वाधिक चर्चामा रहे पनि एलिनाका दर्जनौं गीत स्रोता एवं दर्शकले रुचाएका छन् ।