२०८१ बैशाख १३ , बिहिवार

भारतका सबैभन्दा लोकप्रिय स्टार शाहरुख र आलिया

सुनाखरी न्युज / काठमाडौं । भारतीय रेटिङ एजेन्सी ओरम्याक्सले फेब्रुअरी महिनाको लोकप्रिय पुरुष र महिला स्टारको सूची सार्वजनिक गर्छ । महिला कलाकारतर्फ दीपिका पादुकोणलाई पछि पार्दै आलिया भट्टले पहिलो स्थान हासिल गरिन । दोस्रो स्थानमा दीपिका र कियारा आडवाणी तेस्रो स्थानमा छिन ।

 

पठान रिलिजको कारण पनि पछिल्लो महिना शाहरुख चर्चाको शिखरमा रहे । सो महिनामा उनले बादशाहको मान्यतालाई यथावत राख्न सके । सलमान खान दोस्रो लोकप्रिय अभिनेता बनेका छन । उनी आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसी की जान’ को पोस्ट(प्रोडक्सनमा व्यस्त छन । फिल्महरु पछिल्ला दिनमा लगातार असफल भइरहेपनि अक्षय कुमार लोकप्रियताको सूचीमा तेस्रो स्थानमा छन् । ऋतिक रोशन यतिबेला आफ्नो एक्सन थ्रिलर फिल्म फाइटरको सुटिङमा व्यस्त छन् । उनी लोकप्रियताको चौथो स्थानमा छन ।

 

आफ्नो फिल्म ‘तु झुठी मैं मक्कर’का लागि चर्चामा रहेका रणवीर कपुर पनि सूचीमा पाँचौं स्थानमा परेका छन । उनको फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।