२०८१ बैशाख ७ , शुक्रवार

नेपाल आयल निगमले किन्यो विद्युतीय गाडी

सुनाखरी न्युज/ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ माथिको निर्भरता घटाउन भन्दै विद्युतीय सवारी खरिद गरेको छ । हालै निगमले बीवाईडी ब्राण्डको ई सिक्स (e6) गाडी गरिद गरेको हो ।

 

यसअन्तर्गत निगमले बीआईडीको नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिमार्फत तीन थान ई सिक्स गाडी किनेको जानकारी दिएकाे छ । निगमका आइटी विभागका निर्देशक ई. सुरज शाहले दिगोपना र वातावरणीय जिम्मेवारीको अनुरुप विद्युतीय सवारी खरिद गरिएको बताए ।

दिगोपनाका लागि प्रतिबद्धता अनुरुप इलेक्ट्रिक सवारी साधनहरूमा गरिएको लगानीमा आफूहरूलाई गर्व लागेको उनकाे भनाइ थियाे । ”हामी विश्वस्त छौँ कि इलेक्ट्रिक सवारी साधनहरु यातायातको भविष्य हुन् र आउने दिनमा हाम्रा सवारी साधनहरुलाई इलेक्ट्रिकमा रूपान्तरित गर्ने अवसरहरुको खोजीमा छौँ,” उनले भने ।