२०८१ बैशाख १३ , बिहिवार

‘आई एम ट्वान्टी वान’ बाट जसिताको डान्सरको फस्टलुक सार्वजनिक

 

काठमाडौँ – आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ की मुख्य नायिका जसिता गुरुङको फस्टलुक सार्वजनिक भएको छ । यसअघि फिल्मका अभिनेता धिरज मगरको डान्सर र लाहुरे लुक्स सार्वजनिक गरिएको थियो। सार्वजनिक पोस्टरमा जसिता डान्सरको अवतारमा देखिएकी छन्। फिल्ममा उनलाई ‘रूबी’ पात्रको भूमिकामा देख्न सकिनेछ।

 

प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माणमा तयार भएको फिल्ममा धिरज र जसितासँगै अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राईलगायत कलाकारको अभिनय छ।फिल्मको केही अगाडि सार्वजनिक टिजरमा समावेश संवाद टिकटकमा भाइरल भैसकेको छ । अब, जसिताको पनि गेटअप सार्वजनिक भएपछि दर्शकमा उत्सुकता पैदा हुनसक्छ । आउँदो वर्षको वैशाख २१ गतेबाट रिलिज हुन लागेको फिल्ममा अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

 

यसअघि ‘इन्टु मिन्टु लण्डनमा’ जस्तो सफल लभ स्टोरी फिल्म बनाएकी रेनशाले यस पटक धिरज र जसितालाई लिएर डान्सको विषयमा कथा भनेकी छिन् । यो फिल्ममा रेनशा राई रानाको कथा तथा पटकथा, रोहित शाक्य, स्वप्न सुनिल र कालीप्रसाद बाँस्कोटाको सङ्गीत, सुशन प्रजापतिको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन छ ।