२०८१ बैशाख १५ , शनिवार

सिभिल हस्पिटलमा खुलायो तीन सय ३० जनाको रोजगारी

सुनाखरी न्युज / काठमाडौं –  नयाँ बानेश्वरमा रहेको सिभिल हस्पिटलले ठूलो संख्यामा रोजगारी खुलाएको छ ।

 

अस्पतालको पदपूर्ति समितिले मंगलबार सूचना प्रकाशित गर्दै विभिन्न पदमा ३३० जनालाई जागिर खुलाएको जानकारी दिएको हो ।

 

अस्पतालले खुल्ला र समावेशी प्रतियोगिताबाट हलुका सवारी चालकदेखि सिनियर रजिष्ट्रटारसम्मको पदमा जागिर खुलाएको हो ।