२०८१ बैशाख १३ , बिहिवार

नायिका वर्षा सिवाकोटीका पतिले गरे अर्कै युवतीसँग बिहे

सुनाखरी न्युज / काठमाडौं – नायिका वर्षा सिवाकोटीले विवाह गरेको १० महिना मै पतिले आशिष गेलालले अर्को बिहे गरेका छन्। सोमबार धुमधामसँग आशिषले विवाह गरेका बताइएको छ । पति आशिषको दोस्रो बिहेसँगै वर्षासँगको सबन्ध अन्त्य भएको छ।

 

वर्षाले सामाजिक सञ्जालमा गत वैशाखमा गेलालसँग विवाह भएको सार्वजनिक गरेकी थिइन्। त्यसपछि यी दुवैबीच सामाजिक सञ्जालमा फलो र अनफलोको क्रम चलेपछि दुवैको सम्बन्ध बिग्रिएको अनुमान गरिएको थियो।

यी दुवैले आफ्नो सम्बन्धका बारेमा केही सार्वजनिक गरेनन्। एकाएक वर्षाको इन्स्टाग्रामबाट विवाहको फोटो डिलिट भएको थियो।